बैशाख २१, २०८१, शुक्रबार
               

पेट्रोलमा हानिकारक पदार्थ मिसावट गर्ने ट्याकंरचालकलाई मुद्दा चलाउन सिफारिस

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल आयाल निगमले पेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार ट्याकंरचालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंर चालकलाई कालोबजरी अभियोग मुद्द चलाउन सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सिफारिस गरेको हो ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार थानकोट डिपोमा मिसावट भेटिएको ट्याकंरका चालकलाई काठमाडौं जिल्ला प्रशासन र अमलेखगन्जमा भेटिएको मिसावट चालकलाई कारबाहीका लागि पत्राचार गरिएको हो । 

मिसावट गर्नेलाई यसअघि जरिवाना, सेवा स्थगन र चेतवानी हुने गरे पनि पहिलो पटक निगमले कडा कानुनी कदम चालेको जानकारी दिए।

यो पनि