जेठ ०७, २०८१, सोमबार
               

यो साता १० अंक बढ्यो नेप्से, कुल बजार पूँजीकरण ६ महिनायताकै उच्च

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

यस साता नेप्से परिसूचक समग्रमा १०.२७ अंक बढेको छ । साताको पहिलो र दोस्रो कारोबार दिन ओरालो लागेको नेप्से, बाँकी तीन कारोबार दिन बढेपछि सो अंकको वृद्धि हासिल गरेको हो ।

गत साताको अन्तिम कारोबार दिन १५१०.४२ विन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबार दिन १५२०.६९ विन्दुमा बन्द भएको  छ ।

पछिल्लो समयमा बजार बढ्न थाले पनि कुल बजार पूँजीकरण ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यस साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पुँजीकरण २० खर्ब २१ अर्ब ७४ लाख रुपैयाँ पुगेको छ । यसअघि २०७६ फागुन १८ गते नेप्सेको कुल बजार पुँजीकरण २० अर्ब ३१ करोड रुपैयाँ पुगेको थियो । नयाँ कम्पनीहरु थपिएको र बजार बढ्दो क्रममा रहेका कारण कुल बजार पुँजीकरण पनि बढेको हो ।

यस साता २०३ कम्पनीको १ लाख ४५ हजार ३५९ पटकको कारोबारमा ११ अर्ब ५२ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस साता कारोबार रकम, शेयर संख्या र कारोबार संख्याका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ । सो कम्पनीको यस साता १५ हजार ६२८ पटकको कारोबारमा १ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

उच्च कारोबारसँगै पुनर्बीमा कम्पनी सर्वाधिक पुँजीकरण भएको दोस्रो कम्पनी बनेको छ । यस साताको अन्तिम कारोबार मूल्यअनुसार यस कम्पनीको कुल बजार पुँजीकरण ८ अर्ब ९५ करोड रहेको छ । सबैभन्दा बढी पुँजीकरण भएको कम्पनी नेपाल दूरसञ्चार कम्पनी हो ।

यस साता कारोबारमा आएका १२ उपसमूमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १४.५९ प्रतिशत बढेको छ। गत साता ९०१.७८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साताको अन्तिम कारोबार दिन १०३३.३६ विन्दुमा पुगेको छ । यस साता म्युचुअल फण्ड, होटल, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक भने घटेको छ ।

यस साता नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड मोस्ट पपुलर बाइ स्टकमा पर्न सफल भएको छ । यस सूचीमा गुहेश्वरी मर्चेण्ट बैंक, सबैको लघुवित्त, आशा लघुवित्त, चिलिमे हाइड्रोपावर लगायतका कम्पनीहरु परेका छन् । त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकमा बरुण हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, बोटलस नेपाल लगायतका कम्पनीहरु परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि