जेठ ०२, २०८१, बुधबार
               

विदेशबाट नेपाल भित्रिने कोटा हट्यो

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको बताए । 

उडान थप गरेसँगै विदेशबाट नेपाल भित्रिने कोटा हटेको छ । सरकारले यसअघि दैनिक आठ सय मात्र यात्रु नेपाल भित्र्याउने तय गरेको थियो । अब दैनिक दुई सयदेखि तीन हजारसम्म यात्रु नेपाल आउन पाउनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अब एयरलाइन्सले चाहेअनुसार नै यात्रु ल्याउन  पाउनेछन् । 

पिसिआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिने भएको छ । हालको पीसीआर र क्वारेन्टाइनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।

अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ ।

यो पनि