जेठ ०७, २०८१, सोमबार
               

करोडौं हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीसम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान सुरु भएको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि