बैशाख १३, २०८१, बिहीबार
               

समयमा मल नल्यउने कम्पनीको धरौटी जफत हुने

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनी र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेका छन् । 

कृषि सामग्री कम्पनी लिमिटेडले तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने सो कम्पनी र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । 

कृषिमन्त्री घनश्याम भुसालले समयमा मल नल्याउने ती  कम्पनीको धरौटी जफत गर्ने निर्णय भएको जानकारी दिए । 

‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । दुवै कम्पनीलाई थप कानुनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो ।

आइतबार बसेको कम्पनीको निर्णयसँगै ती दुवै कम्पनीको पाँच/पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने भएको छ । उनीहरुले फरक फरक ठेक्कामार्फत ५० हजार मेटि्रक टन युरिया मल ल्याउने ठेक्का पाएका थिए ।

यो पनि