मंसिर ०७, २०८१, शुक्रबार
               

शेखर गोल्छा भन्छन्: कोरोना बिमामा गरिएको मापदण्ड सच्याइयोस्

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।आइतबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै उनले यस्तो आग्रह हुन् । 

निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बिमा समितिको मापदण्ड उनले सच्याउन आग्रह गरेका छन् । उनले सरकारको अनुमति पाएर निजी प्रयोगशालामा परीक्षण गरिएको रिपार्टलाई पनि मान्यता दिनुपर्ने उनको भनाइ छ । बिमा समितिको यो मापदण्डका कारण सर्वसाधारणहरुले सास्ती पाउने र बिमाप्रतिको विश्वसनीयता  घट्ने  सो ट्विटमा उल्लेख छ । 

‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,’ सो ट्वीटरमा उल्लेख गरेका छन्, ‘कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोज्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि