काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने प्रस्ताव फिर्ता भएको छ ।
भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि सो प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता भएको हो ।
कोरोना कहरकै कारण पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको सो कार्यक्रम कुनै दस्तावेजमा पर्न सकेको थिएनन् ।
विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाले प्रभावका कारण कारण १ वैशाख २०७७ मा भ्रमण वर्षको सचिवालय खारेज गरिएको थियो ।