जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाका कारण पोखरा विमानस्थल सम्पन्न हुने समय लम्बिने

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्य क्षेत्रको जस्तै कोरोनाको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणाधीन विमानस्थलमा पनि परेको छ । लक्ष्यभन्दा करिब ६ महिनाअघि नै सक्ने लक्ष्य भए पनि कोरोनाका कारण समयमै नसकिने सम्भावना बढेको हो । 

सन् २०२१ भित्रमा निर्माण सक्ने भनिए पनि निर्माण कम्पनीले  लक्ष्यभन्दा ६ महिना अघावै ०२१ जुलाईमा उडान भर्ने लक्ष्यका साथ काम गर्दै आएको थियो । 

हाल स्ट्रक्चर निर्माण धेरैजसो काम सकिए पनि इक्युपमेन्ट स्ट्रक्चरको कामका लागि चीनबाट कामदार ल्याउनुपर्ने भएकाले पनि सो विमानस्थलको काम निर्धारित समयमा नसकिने भएको हो । हाल कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द छन् । 

चीनबाट आउनुपर्ने करिब दुई सय कामदार चीनमै रोकिएका छन् । हाल २४४ चिनियाँ र  ११८ नेपाली कामदार विमानस्थलमा कार्यरत रहेका छन् । 

कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नहुँदा सो समय सन् २०२१ भन्दा बढी लम्बिने सम्भावना छ । व्यवस्थापन, सुरक्षा, टिकेटिङ, एअरलाइन्सलगायत कुरा टुङ्ग्याउँदा करिब चारदेखि ६ महिना लाग्ने अनुमान गरिएको छ ।

यो पनि