जेठ ०१, २०८१, मंगलबार
               

सिस्टममा समस्या आएपछि रोकिएको नेप्से कारोबार पुनः सुरु, कारोबार समय थपियो

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिस्टममा समस्या आएपछि रोकिएको कारोबार सुरु भएको छ । कारोबार सुरु भएपछि नेप्सेले कारोबार समय पनि थपेको छ ।

साताको पहिलो दिन आइतबार बिहान कारोबार सुरु भएको एक घण्टापछि नै अनलाइन ट्रेडिङ प्रणाली (टिएमएस)मा समस्या आएको थियो । समस्या समाधान भएपछि झण्डै ३ बजेबाट कारोबार सुरु भएको छ भने समय साबिकभन्दा २ घण्टा १५ मिनेट बढाएर सबा ५ सम्म पुर्‍याइएको छ ।

आइतबार नेप्सेको सिस्टममा मल्टिपल अर्डर हुने समस्या देखिएको थियो । कुनै एकजना लगानीकर्ताले ५० कित्ता खरिद या बिक्रि गर्न अर्डर गर्दा ३ पटकसम्म ५० कित्ताका दरले १५० कित्ता बिक्री हुने समस्या देखिएको थियो । अर्डर नै नहालेको शेयर खरिद या बिक्रि भएपछि लगानीकर्ता अत्तिएका थिए ।

आफूले चाहेको भन्दा बढी सेयर अटोमेटीक किनबेच हुन थालेपछि त्यसलाई क्यान्सल गर्न पनि नमिलेको लगानीकर्ताको गुनासो छ । अहिले डिम्याट खातामा भएको शेयर बाहेकको सेयर बेच्न मिल्दैन ।


कस्तो लाग्यो ?

यो पनि