बैशाख २१, २०८१, शुक्रबार
               

मृतक महिलाको मलामी गएकाहरुमध्ये १८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मलामी गएकाहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ ।

साउन १७ गते कालिकानगरकी ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्युपश्चात उनको दाहसस्कारका लागि गएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेको हो । 

उनको दाहासस्कारमा सहभागी भएकामध्ये  १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी छ । 

सो अस्पतालले उनको मृत्यु कोरोनाका कारण नभई किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भनी शव मृतकको परिवारजनलाई हस्तान्तरण गरेको थियो । 

यस किसिमका घटना नेपालमा धेरै नै भएका छन् । यस्तै, सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मिर्चैया नगरपालिका–४ कुथनमाका ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको थियो ।  रुघाखोकी र ज्वरोबाट ग्रसित थिए भएका उनमा कोरोनाको जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको स्वाब लिइएको थियो ।

उनको रिपोर्ट आउनु पूर्व बुधबार नै गाउँलेहरुले हिन्दु रितिरिवाजअनुसार दाहसंस्कार गरेका थिए ।  दाहसंस्कारपछि साँझ मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँमै त्रासमा छ ।

 दाहसंस्कार गर्ने क्रममा १५० भन्दा बढी मानिस सहभागी भएका थिए ।  यसैबीच, सिरहामा तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि