बैशाख २१, २०८१, शुक्रबार
               

कोरोना नियन्त्रणमा १३ अर्बभन्दा बढी खर्च

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना नियन्त्रण तथा उपचारका लागि हालसम्म १३ अर्बभन्दा बढी रकम खर्च गरेको सरकारले जनाएको छ ।

साउन मसान्तसम्म सरकारले कोरोना नियन्त्रण तथा उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च गरेकाे जनाएकाे छ । 

खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरूबाट ६ अर्ब २ करोड रुपैयाँखर्च भएको छ ।

संघीय सरकारले खर्च गरेको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

खतिवडाले यी सबै खर्च औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालनका लागि भएको जनाए।

प्रदेशहरूले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ ।

हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।


कस्तो लाग्यो ?

यो पनि