बैशाख २१, २०८१, शुक्रबार
               

आइतबार राति १२ बजेपश्चात पेट्रोलियमपदार्थको भाउ बढ्ने

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको  छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै मूल्य वृद्धि भएको उनको दाबी छ ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको  प्रवक्ता उपाध्यायले बताए ।


कस्तो लाग्यो ?

यो पनि