जेठ ०४, २०८१, शुक्रबार
               

१७ अंक घट्यो नेप्से

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । यस दिन १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड बरावरको शेयर खरीदविक्री भएको हो । 

अघिल्लो कारोबार दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । 

सबैभन्दा बढी कारोबार गर्ने दास्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आइतवार सबैभन्दा बढी आँखुखोल जलविद्युत् कम्पनीको शेयरधनीले गुमाएका छन्  । कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार समूहको परिसुचक १ दशमलव ३२ प्रतिशत बढेको छ भने बाँकी समूहको परिसुचक घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको  परिसुचक २ दशमलव १४ प्रतिशत घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि