बैशाख १७, २०८१, सोमबार
               

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव  निर्धारित समयमा नहुने

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव  सर्ने भएको छ । 

बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेसँगै सो चुनाव सर्ने पक्का भएको हो । 

यसअघि महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केही पूर्वअध्यक्षहरु समेत सहभागी पदाधिकारी बैठबले तत्कालका लागि चुनाव स्थगित गर्ने निर्णय गरेका हुन् । सरकारले अहिले सभासम्मेलन, भोजभतेर लगायतका कार्यक्रमहरु गर्न रोक लगाएको कारण चुनाव सार्नु परेको सहभागीहरुले  बताए ।

तर, उनीहरुले सरकारले सभासम्मेलन खुला गर्ने निर्णय गरेको १५ दिनभित्रमा चुनाव गर्ने सहमति भएको पनि बताए । 

यो पनि