जेठ ०७, २०८१, सोमबार
               

कर छुट गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय

रासस
साउन ०८, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको भन्दै नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगरप्रमुख अमानसिंह तामाडले बताए । व्यवसाय, सम्पत्ति र  घर अभिलेखीकरणसम्बन्धी कर असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ ।

घर अभिलेखीकरणसम्बन्धी कर सो समयमा नबुझाए पुससम्म दोब्बर लाग्नेसमेत निर्णय गरिएको छ । पुसपछि घर अभिलेखीकरण बन्द हुने जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि