जेठ ०७, २०८१, सोमबार
               

फुटबल खेलाडीलाई राहत

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

बागलुङ । कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो । 

राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए । उनले संकटका बेला खेलाडीलाई सघाएकामा फुटबल संघको प्रशंसा गरे ।

जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको संघका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए । खेलाडी र अफिसियलाई गरी ७६ हजार रुपैयाँ राहतमा खर्च भएको उनको भनाइ छ । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि