बैशाख २७, २०८१, बिहीबार
               

सिन्धुपाल्चोका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

हेटौंडा । सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्ने  भएको छ । 

बागमती विपद व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउने बताए । 

समितिले बारबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

सो रकमबाट स्थानीय तहले कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनस्थापनालगायत काम गर्न सक्नेछ ।

यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि