जेठ ०९, २०८१, बुधबार
               

कञ्चनपुरमा युरिया मलको चरम अभाव

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडाैं । कञ्चनपुरमा एक महिनादेखि  युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् ।

धान रोपेकोे २१ दिनभित्रमा युरिया मल हाल्नुपर्ने भए पनि किसानले मल नपाउँदा उनीहरू समस्यामा परेका हुन् । 

कन्चनपुरकाे दक्षिण क्षेत्रको सीमानाकाबाट लुकिछिपी मल आइरहे पनि साे मल किसानले किनेर उपयाेग गर्न नसक्ने बताइएकाे छ ।

त्यसैगरी महाकाली नगरपालिकाको सीमानाका हुँदै महाकाली नदीको झोलुङ्गे पुलबाट मल आइरहेको भए पनि बिक्रीवितरणका विषयलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । स्थानीयबीच विवाद भएयता सो नाकाबाट पनि मल आउन छाडेको स्थानीयको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले पनि कैलाली र कञ्चनपुरमा युरिया मल अभाव हुँदा उत्पादनमै कमी आउसक्ने बताएको छ ।  केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले मल नपाउँदा किसानले दुखेसाे पोख्ने गरेको बताए । 

उनले कैलालीमा ७० हजार  र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको  बताए । ‘मल अभाव नौलो विषय होइन,’ उनले भने,   ‘अनौपचारिक नाकाबाट  यहाँ ३० प्रतिशत मल आयात हुन्थ्यो, तर पनि बन्दाबन्दीले आउन छाडे पनि चरम अभाव देखिएको हो ।’

 उनले युरिया मल धान लगाएको २१ दिन र त्यसपछि पुनः २१ गरी दुईपटक हाल्नुपर्ने बता बताए । उनले मल नपाउँदा नै उत्पादनलाई असर  हुने गरेकाे बताए । 

त्यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले युरिया मल सकिएको महिना दिन भइसकेको जनाएको छ ।

साे ज्ञानकेन्द्रले करिब ४३ टन डिएपी र ४६ टन पोटास मल मात्रै हामीसँग मौज्दात रहेकाे जानकारी दियाे ।

बन्दाबन्दीका बेला आपूर्तिमा सहज नहुँदा यहाँका केही सहकारीलाई भैरवाबाट मल ल्याउन दिइएको छ । “हामीले गत आर्थिक वर्षमा सहकारीबाट समेत गरेर दुई हजार ७३६ मेट्रिकटन मल बिक्री वितरण ग¥यौँ”, उहाँले भन्नुभयो, “मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।” गत आवमा लिमिटेडले एक हजार ९ सय १.७ मेट्रिक टन युरिया, एक हजार सात सय मेट्रिक टन डिएपी र ९५.२ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि