जेठ ०६, २०८१, आइतबार
               

एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्कबारे सम्बन्धित बैंकले निर्णय गर्ने

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । एटीएमबाट पैसा निकाल्दा थप शुल्क लिने वा नलिने भन्ने निर्णय बिहीबारबाट स्यमं बैंकले गर्न पाउने भएका छन् । 

लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेसँगै थप शुल्क लिने वा नलिने भन्ने निर्णय बैंकले गर्न पाउने भएका हुन् । 

केही समयअघि कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटीममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

कोरोना संक्रमण रोक्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।


कस्तो लाग्यो ?

यो पनि