जेठ ०५, २०८१, शनिबार
               

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गत असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई दुई लाख र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिए ।

 पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।


कस्तो लाग्यो ?

यो पनि