जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य ६ सयले बढेको छ, प्रतितोला साढे ९१ हजारमा कारोबार भइरहेको छ ।

छापावाल सुन मूल्य अघिल्लो दिनको तुलनामा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको हो ।

मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको थियो । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्दा बुधबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि