बैशाख २३, २०८१, आइतबार
               

नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई आइपिओ भर्न नदिन उपसमितिको सिफारिस

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । 

लामो अध्ययन पछि उपसमितिले मंगलबार समितिलाई  बुझाएको सो प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीलाई आईपीओ भर्न नदिन सिफारिस गरेको हो ।

उपसमितिले बुझाएको सो प्रतिवेदनमा यसअघि भरेर परेको आईपीओ घोषणा गरी बिक्री गर्न पाउने, तर नयाँ आवेदन दिन नपाउने उल्लेख छ ।

सो उपसमितिले बोर्डलाई नेप्सेको अनलाइन प्रणालीमा आबद्ध गरी निगरानी र अनुमगन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ ।

यसका अलवा सो उपसमितिले  विद्युतीय विवरण प्रवाह प्रणालीको विकास गरी लागू गर्ने, सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशका बनाउनेलगायतका सुझाव दिएको छ ।

सो प्रतिवेदनउपर समितिमा छलफल हुने बताइएको छ । सो छलफलले पनि यसै किसिमको निष्कर्ष निकाले सो उपसमितिले प्रतिवेदनमा उल्लेख गरेका नियम लागू हुनेछ । 

यो पनि