बैशाख २४, २०८१, सोमबार
               

एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार बिहान बाँडफाँट हुने

नेपाल फ्ल्यास
असार १९, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । आइतबार बाँडफाट गरिने भनिएको एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँट हुने भएको छ । आइतबारदेखि साधना लघुवित्तको आईपीओ निष्काशन सुरु हुदाँ विद्युतीय प्रणालीमा समस्या आउने भएपछि शनिबार नै बाँडफाँट हुने भएकाे हाे । 

शनिबार बिहान साढे ९ बजे आईपीओ बाँडफाट गरिने छ । आइपीओका लागि ४ लाख १४ हजार १८० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ लाख ९७ हजार ७४१ जना आवेदन मात्र योग्य छ । ती सबै योग्य आवेदकले पहिलो चरणमा १० कित्ता शेयर पाउनेछन् । त्यसपछि ४६ हजार ५७९ जना आवेदकले लक्की ड्र मार्फत थप १० कित्ता शेयर पाउनेछन ।


कस्तो लाग्यो ?

यो पनि