बैशाख २२, २०८१, शनिबार
               

फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकमकाे घोषणा

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकम दिने घोषणा गरिएको छ । केन्द्रीय राजधधानी काठमाडौं प्रवेश गरेको उक्त कीरालाई समातेर लिएर वडा कार्यालयमा बुझाएको खण्डमा ललितपुर महानगरपालिकाले रकम दिने घोषणा गरेको हो ।

सो महानगरले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारको नियमानुसार सलह नियन्त्रणमा लिइ बुझाएमा प्रोत्साहन स्वरुप रकम दिने जनाएको छ ।

धानबालीको बिउ, तरकारीको बाली तथा अन्य बालीको बचाउनको लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो आवाज निकालेर बजाउने, ‘विज्ञप्तिमा भनिएको छ, संकलन गरेर नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गरी बचाउने ।’ 


 


कस्तो लाग्यो ?

यो पनि