काठमाडौं । आइतबार सुनको मूल्यमा ७ सय रुपैयाँले वृद्धि भएको छ ।
सुनको मूल्य ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ तोकिएको छ ।
यसअघि शुक्रबार ९० हजार ६ सय रूपैयाँ तोकिएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ।