बैशाख २७, २०८१, बिहीबार
               

शेखर गोल्छाको प्रश्न :  अहिले अख्तियार दुरुपयोग विधेयक किन चाहियो ?

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योगी तथा व्यवसायी शेखर गोल्छाले आफ्नै पैसा चलाउँदा कसरी हुन्छ अख्तियार दुरुपयोग हुन्छ भन्दै प्रश्न गरेका छन् । 

निजी क्षेत्रलाई पनि अख्तियारले नियन्त्रण गर्नुपर्छ भनी आएको विधेयक चौतर्फीविरोधपछि स्थगित भएको भोलिपल्ट उनले यस्तो बताएका हुन् । 

‘संसदमा पारित हुने अवस्थामा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, तेस्रो संसोधन विधेयक, २०७६ मा राखिएका निजी क्षेत्रलाई नियमन गर्ने व्यवस्थाहरू सबै हटाइयोस्,’ उनले भने । 

निजी क्षेत्रलाई नियमन गर्न सरकारका दर्जनौँ निकाय रहेको बताउँदै यो अवस्थामा सरकारले संवैधानिक निकायलाई तानेर विवादास्पद बनाउन नहुने उनले बताए । 

‘निजी क्षेत्रसँग कुनै अख्तियार नै छैन, हामीले आफ्नै पैसा चलाएको हो’ उनी भन्छन्, ‘हामीले सरकारबाट कुनै अख्तियारी नै लिएका छैनौँ भने अख्तियार कसरी दुरुपयोग हुन्छ,’ उनले भने । 

सरकारले ल्याएको सो विधेयकमा निजी क्षेत्रबाट सञ्चालित उद्योग, प्रतिष्ठान, कम्पनी, बैङ्क, मेकिडल कलेजलगायतको आर्थिक अनियमितता अख्तियारले हेर्ने उल्लेख छ ।

यो पनि