काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९० हजारभन्दा बढी पुगेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।