जेठ ०१, २०८१, मंगलबार
               

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको आपूर्ति मन्त्री भट्टको स्पष्टीकरण

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडाैं । उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको बताएका छन् । 

उनले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘बिचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका लागि राम्रो व्यवस्थापन भएको छ,’ उनले भने, ‘ विदेशबाट आयात गर्ने तरकारी फलफूल पनि परीक्षण गरेर मात्र आउने छौँ ।’

स्वेदशमै उत्पादन भएको तरकारी तथा फलफूललाई पनि खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्र उपभोक्ता माझ जाने गरेको बताउँदै उनले कोरोना भाइरस जोखिमको अवस्थामा छ महिनासम्म पुग्ने खाद्यान्न रहेको र खाद्य पदार्थको अभाव हुन नदिन कृषि उत्पादनलाई बढी जोड दिएको बताए । 

साथै, उनले कतिपय खाद्य पदार्थ विदेशबाट नल्याउँदा नपुग्ने हुनाले ल्याउनैपर्ने बाध्यता भएको बताए । 
 

यो पनि