जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकासँग सम्बन्ध कायम राख्न भए पनि एमसीसी पास गर्नुपर्छ : अर्थमन्त्री

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी नेपालले स्वीकार्नुपर्ने बताएका छन् । 

सत्तारुढ नेकपमा एमसीसीको विषयलाई लिएर सत्तारुढ दल संसदमा र संसदबाहिर विभाजन भइरहेका बेला युवाराज खतिवडाले अमेरिकासँगको सम्बन्ध कायम राख्न भए पनि एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताएका छन् ।

जेठ १५ मा सरकारले संसदमा पेस गरेको बजेटको सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराजज खतिवडाले मंगलबार यस्तो बताएका हुन् । 

नेकपाका सांसदहरू भीम रावललगायतले एमसीसी नेपालको हितविपरीत भएको बताइरहँदा अर्थमन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

तर, नेकपाका नेता तथा सांसद भीम रावलले नेपालको संविधान र कानुनसँग एमसीसी सम्झौताका बुँदा बाझिएकाले त्यसलाई संशोधनविना पास गर्न नहुने बताउँदै आएका छन् । 

‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले भने, ‘यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्छ ।’

त्यसैगरी अर्थमन्त्री खतिवडाले एमसीसी एउटा सहायता सम्झौता भएको बताउँदै यो सरकारको निरन्तरताको प्रसंग भएको बताए । 

साथै, उनले एमसीसीका सम्बन्धमा सहायक सम्झौतामा सच्याउन सकिने व्यवस्था भएको बताउँदै त्यसमा बुझाइको फरक हुन सक्ने बताए । 

यसअघि नेकपाले एमसीसी अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन भएको कार्यदल गठन भएको थियो । सो कार्यदलले संसदबाट सो सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने प्रतिवेदन सरकारलाई यसअघि बुझाएको छ । 

पछिल्लो समय यसबारे नेकपामा गहन छलफल चलिरहेको छ । तर, यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने हुबहु पास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन दिइसकेको छ ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल भने यसको विपक्षमा देखिएका छन् । 

यो पनि