मंसिर ०१, २०८१, शनिबार
               

सरकारी सेवामा प्रवेश गरी अकूत सम्पत्ति आर्जन गरको भन्दै काफ्लेविरुद्ध मुद्दा

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौ । काठमाडौं । २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै नापी कार्यालयका सर्वेक्षकविरुद्ध अख्तियारले मुद्दा लगाएको छ । 

अख्तियार दुरुपयोग आयोगले मंगलबार नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा लगाएको गराएको हो । 

सरकारी सेवामा प्रवेश गरेदेखि हालसम्म ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको भन्दै उनलाई दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ ।

साथै, अख्तियारले उनले आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ । 

छनबिन गर्दा काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

साथै, अख्तिायरले श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न माग गरेको छ ।  

यो पनि