जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणसँग जुध्न नेपाललाई बेलायतको करिब डेढ अर्ब रुपैयाँ सहयोग

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको नेपाललाई बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ सहयोग गरेको छ ।बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो ।

डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर एक करोड पाउण्ड पुर्‍याएको हो।

हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ ।

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ ।


कस्तो लाग्यो ?

यो पनि