बैशाख २४, २०८१, सोमबार
               

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थको निकासी

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको आशंकामा छानबिन सुरु भएको छ ।  

नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानबिन सुरु गरेको हो ।

जेठ २१ गते बुधबार लु२त ८९८९ र लु३त ३७९५ नंको ट्र्याक्टरबाट ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल नक्कली रहेको भन्दै गाउँपालिकामा उजुरी परेपछि छानविन थालिएको हो ।

बिन्दवासिनी सप्लायर्सको नाममा रहेको उक्त बिलमा ६०१७६४४१७ नंको पान नम्बर पनि उल्लेख छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणि मरासिनीले उक्त बिल नक्कली हो । तर, कसले छाप्यो भन्ने पत्ता लागेको नलागेको बताए ।

साथै, उनले बिल सम्बन्धमा छानबिन गर्न समिति गठन गरी नदीजन्य पदार्थको विषयमा प्रभावकारी अनुगमन गर्न उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरिएको उनले बताए । 

नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थ बिक्री वितरण गरेको भन्ने सूचना आएपछि बिहीबार नै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मासहितको टोलीले पनि शुद्धोधनको विभिन्न नदीजन्य पदार्थ निकासी गरिरहेको घाटको अनुगमन गरेको छ । 

शुद्धोधन गाउँपालिकाले चालू वर्षमा रु तीन करोड ६५ लाख रकमबराबरको ६ वटा घाटको ठेक्का आह्वान गरी काम पनि अगाडि बढाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि