बैशाख २०, २०८१, बिहीबार
               

नेपाललाई विश्व बैंकको १२ अर्ब ऋण

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाललाई विश्व बैंकले १२ अर्ब ऋण दिने भएको छ । विश्व बैंकले नेपालको विद्युत् सेवा विस्तार गर्न र कोरोना संकटसँग जुध्न भन्दै १० करोड अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) ऋण दिने भएको हो  । नेपाललाई प्रदान गरिने विकास नीति कर्जा (डिपिसी) शीर्षकको उक्त ऋण बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले स्वीकृत गरेको छ ।

विश्व बैंकको सहयोगलाई नेपाल विद्युत् प्राधिकरणलाई वित्तीय रूपमा बलियो बनाउन प्रयोग गरिने जनाइएको छ । विश्व बैंकका लागि नेपालका प्रबन्धक फारिस हदाद जर्भोसले यो ऋण ‘नेपालको विद्युत् क्षेत्रको सबलीकरणका लागि निरन्तर सुधार गर्न, कोरोना संकटको सामना गर्न र संकटपछिको पुनरुत्थानका लागि पनि अत्यन्तै महत्वपूर्ण हुने बताए ।

कोरोनाको महामारीबाट नेपालको विद्युत् क्षेत्रमा ठूलो असर परेको छ । विद्युतको माग घटेर प्राधिकरणको नगद प्रवाहमा समस्या बढ्न थालेको छ भने निर्माणका काम ठप्प जस्तै बनेका छन् । 


कस्तो लाग्यो ?

यो पनि