बैशाख २३, २०८१, आइतबार
               

लकडाउनलाई कारण देखाउँदै मंसिरदेखिको कर तिर्न व्यवसायीको आनाकानी

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले मंसिर महिनादेखिको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क र शिक्षा सेवा शुल्क तिर्न दुई दिनअघि सूचना प्रकाशित गरेको थियो । उक्त सूचना आएपछि देशभरका व्यवसायीले ‘व्यवसाय बन्द गरेर कर तिर्न ताकेता गरेको’ भन्दै सरकारको आलोचना गर्न थालेका छन् । 

कोरानो भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ११ चैतदेखि लकडाउन जारी छ । जसकारण व्यापार व्यवसायदेखि सामान्य हिँडडुल समेत बर्जित छ । त्यसैले लकडाउनको समयमा व्यवसाय शून्य भएकाले कर तिर्न मुस्किल हुनु स्वभाविक हो । तर, लकडाउनलाई बहाना बनाएर व्यवसायीले मंसिरदेखी फागुनसम्मको कर तिर्न समेत आनाकानी गरेका छन् । जबकी सो अवधिमा स्थिति सामान्य थियो र व्यवसायीले मनग्ये नाफा कमाएकाले कर योग्य रकम समेत जम्मा गरेका छन् ।

आन्तरिक राजस्व विभागले २५ जेठसम्म कर चुक्ता गर्नका लागि जारी गरेको सूचनामा मूल्य अभिवृद्धि करतर्फ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुनको द्धिमासिक र मंसिरदेखि फागुनसम्मको चौमासिक कर विवरण र ती विवरण बमोजिमको कर दाखिला गर्न निर्देशन दिएको छ । यो सूचनाअनुसार मंसिरदेखिको भ्याट नतिरेका व्यवसायीले २५ जेठसम्म भुक्तानी गरे जरिवाना समेत लाग्दैन । 

तर, लकडाउनलाई कारण देखाउँदै मंसिरदेखि फागुनसम्मको भ्याट बापत उपभोक्ताबाट उठाएको रकम तिर्न व्यवसायीले आलटाल गरेका छन् ।

तर, लकडाउनलाई कारण देखाउँदै मंसिरदेखि फागुनसम्मको भ्याट बापत उपभोक्ताबाट उठाएको रकम तिर्न व्यवसायीले आलटाल गरेका छन् । जुन समयमा व्यवसाय निर्वाध रुपमा संचालन भएको थियो । त्यस्तै फागुन र चैत महिनाको अन्तशुल्क, आयकर र शिक्षा सेवा शुल्क बुझाउन पनि विभागले सूचना जारी गरेको छ ।

बैंक ब्याजको लोभमा कर तिर्न आनाकानी

सबै किसिमका कर सम्बन्धी ऐनले प्रष्ट रुपमा भनेको छ की, मुनाफा भएको समयमा मात्र कर तिर्नुपर्छ । लकडाउनमा व्यवसाय बन्द भएकाले यो बेला व्यक्ती र कर्पोरेट संस्थाको आम्दानी खुम्चेको छ । जसकारण व्यवसाय घाटामा गएको छ । घाटामा गएका बेला करयोग्य रकम जम्मा हुने कुरा भएन । त्यसैले लकडाउनको समयमा व्यवसायीले सम्बन्धित व्यवसायलाई घाटामा देखाएर कर नतिर्ने सुविधा पाउँछन् । 

आन्तरि राजस्व विभागले पनि सूचना प्रकाशित गरेर नोक्सानी खेपेका व्यवसायीले कर तिर्नु नपर्ने बिषयमा स्पष्ट पारेको छ । विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले भनेका छन्, ‘जब आम्दानी नै भएको छैन भने कर तिर्ने कुरै हुँदैन । आम्दानी भएमा मात्र कर तिर्ने हो । तर, विवरण त भर्नुपर्छ ।’ व्यवसायमा घाटा भएका बेला कर तिनु नपर्ने कुरा व्यवसायीलाई थाहा नभएको पनि होइन । किनभने व्यवसायलाई सकेसम्म घाटामा देखाउन अनेकौ ‘तिकडम’ गरेर कर छली गर्न खोज्ने व्यवसायी धेरै छन् ।

अब प्रश्न उठ्छ, उसो भए कर नतिर्नका लागि अहिले सबै व्यवसायी किन एक स्वरमा सरकारको बिरोध गरिरहेका छन् त ? यसको सरल जवाफ के हो भने व्यवसायीले कर बापत तिर्नुपर्ने रकम प्रतिमहिना अलग राखेर बैंकमा जम्मा गर्ने गर्छन् । ठूला व्यवसायीलाई बैंकले ‘बिग डिपोजिटर’ भन्ने शब्द प्रयोग गर्छन् ।

महानिर्देशक कुँवरका अनुसार कर तिर्न अटेर गर्दै आएका व्यवसायीले विवरण समेत भर्न मानिरहेको छैनन् । व्यवसाय घाटामा रहेको पत्यारिलो विवरण देखाए कर तिर्नै नपर्ने व्यवस्था भए पनि व्यवसायी यसका लागि समेत तयार छैनन् । 

अब प्रश्न उठ्छ, उसो भए कर नतिर्नका लागि अहिले सबै व्यवसायी किन एक स्वरमा सरकारको बिरोध गरिरहेका छन् त ? यसको सरल जवाफ के हो भने व्यवसायीले कर बापत तिर्नुपर्ने रकम प्रतिमहिना अलग राखेर बैंकमा जम्मा गर्ने गर्छन् । ठूला व्यवसायीलाई बैंकले ‘बिग डिपोजिटर’ भन्ने शब्द प्रयोग गर्छन् । अर्थात्, उनीहरुले करोडौं रकम जम्मा गर्ने भएकाले निक्षेपमा पनि सर्वसाधारणको भन्दा अलग सुविधा हुन्छ । त्यसैले कर बापत तिर्नुपर्ने रकम बैंकमा जम्मा गर्दा आकर्षक ब्याजदर पाउँछन् । जति लामो समयसम्म बैंकमा करयोग्य रकम राख्न सक्यो, व्यवसायीले उति नै बढी ब्याज लिएर लाभ पाउँछन् । यही लाभ बढी समयसम्म लिनका लागि व्यवसायीले कर तिर्ने समय सारिदिन दबाब बढाएका हुन् ।

अर्कातिर नाफा खुम्चिएको चिन्ता पनि उतिकै छ । चैतदेखि जारी लकडाउनका कारण नयाँ बर्ष २०७६ मा हुने व्यापारीक मुनाफा खोसिएको व्यवसायीको टिप्पणी छ । दशैंपछि दोस्रो धेरै मुनाफा कमाउने सिजनका रुपमा व्यवसायीले नेपाली नयाँ बर्षलाई लिने गर्छन् । यो बेला पर्यटन, अटोमोबाइल, इलेक्ट्रोनिक्स्, कन्फेक्सनरी, माछा–मासु, लत्ताकपडा, जुत्तालगायतको व्यवसाय सबैभन्दा बढी हुने गर्छन् । त्यस्तै नयाँ शैक्षिक सत्र शुरु हुँदा निजी स्कूल, कलेजले पनि राम्रो आम्दानी गर्थे । तर, लकडाउन निरन्तर अघि बढिरहँदा सबै नाफा खोसिएको भन्दै निराश बनेका उद्योगी मंसिरदेखिको कर तिर्नुको सट्टा सरकारसँग झगडा गरेर बसेका हुन् ।

सामाजिक संजालमा व्यवसायीको प्रतिक्रिया

महासंघको आगामी महाधिवेशनमा अध्यक्ष पक्का भइसकेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ट्विटरमा टिप्पणी गर्दै लेखेका छन्, ‘लकडाउनले ७० दिनदेखी व्यवसाय ठप्प छ । अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन । बरु जेठ २५ गते भित्र कर तिर्न सूचना आएको छ । सरकारसँग आग्रह, राहत दिन नसकेपनि आहत त नगरियोस् ।  लकाउन खोलौं, कारोबार गरौं, त्यसपछि कर त उठिहाल्छ ।’

उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने कर सम्बन्धि बिषयमा सुजबुझपूर्ण टिप्पणी गरेका छन् । आन्तरिक राजस्व विभागको सूचना सेयर गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘लकडाउनको बीचमै कर तिर्ने सूचना आयो । सरकारी राजस्व समयमै तिरेको राम्रो । संचालनमा रहेकाले तिरिदिनुपर्छ । बन्द नै रहेकाको लागि म्याद नथपिए त्यस्ता व्यवसायी समस्यामा पर्नेछन् ।’

लकडाउन अघिको कर तिर्ने भाका समेत सार्न दबाब दिने उदेश्यले धेरै व्यवसायी अहिले सामाजिक संजालमा क्रियाशिल हुन थालेका छन् । उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य तथा उद्योग समिति सभापति अन्जन श्रेष्ठले ‘देश र जनतालाई मागी खाने बन्न नदिन गरी खान देऊ’ भनेर फेसबुकमा लेखेका छन् । उनी हुण्डाई कार, सुजल डेरीलगायतको व्यवसायमा क्रियाशील लक्ष्मी ग्रुपका निर्देशक हुन् ।

महासंघको बाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले कर तिर्न नसक्ने स्पष्ट अडान राखेका छन् । उनले विभिन्न भिडियो सन्देश जारी गर्दै व्यवसाय बन्द भएका बेला कर तिर्न लगाउने, अनुमगन गरेर जरिवाना तिराउने सरकारको कदम गलत भएको भन्दै व्यवसाय सुचारु गर्ने बातावरण बनाउन आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि