जेठ ०२, २०८१, बुधबार
               

लकडाउनकाे शैली परिवर्तन नगरे बजार खोल्ने व्यापारीको चेतावनी

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । धनगढीका व्यापारीले सरकारलाई बजार खोल्ने चेतावनी दिएका छन् । 

व्यापारीको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरुले सरकारालाई यस्तो चेतावनी दिएका हुन् । 

कैलाली उद्योग वाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरेको जनाएको छ ।

सरकारले कर तिर्न ताकेता गरेको भन्दै संघले लकडाउन भनेर बसेर नहुने बताएको छ । 

‘बुधबारसम्म सरकारको मोडालिटी हेरेर व्यापार सुरु गर्ने तयारी छौँ,’ उनले भने, ‘व्यापारको प्रकृति हेरेर सरकारले समय निर्धारण गर्नुपर्छ ।’

उनले समय मिलाएर बजार खोल्ने व्यवस्था गरे हामी स्वीकार गर्छाैँ, नत्र हामी नै समय मिलाएर बजार सुचारु गर्छाैं ।’

त्यस्तै, वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य गोपाल हमालले लकडाउनको प्रारुप फेर्नुपर्ने बताएका छन् । 

उनले भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्था आउन सक्ने भन्दै रोगले भन्दा बढी भोकले मर्लान् भन्ने डर बढ्दै गएको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि