जेठ ०५, २०८१, शनिबार
               

विद्युतका आठ लाख ग्राहकलाई राहत

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा विद्युत प्राधिकरणका आठ लाख ग्राहकलाई राहत दिने व्यवस्था गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रत्यक्ष रुपमा राहत पाउने बताएसँगै आठ लाख ग्राहकले सो राहत पाउने भएका हुन् । 

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा गत बिहीबार सङ्घीय संसद्मा प्रस्तुत आगामी आव २०७७/७८ को बजेट वक्तव्यमा  प्रतिमहिना १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उपलब्ध गराउने विषय समावेश गराएका छन् । 

प्राधिकरणका झन्डै ४२ लाख ग्राहकमध्ये घरायसी ग्राहकको सङ्खया अत्यधिक बढी रहेको छ ।

आर्थिक रुपमा विपन्न भएका ग्राहकलाई राहत दिने उद्देश्यले महसुल निःशुल्क गरिएको ऊर्जामन्त्री पुनले जानकारी दिए । 

मन्त्रीले छुट पाउनेहरु अति विपन्न भएकाले उनीहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको बताए । 

मन्त्री पुनले यो व्यवस्था आगामी  साउन १ गतेदेखि कार्यान्वयनमा आउने बताए । 

साथै, उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतदेखि सबै प्रकारका ग्राहस्थ विद्युत् ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुँदासम्मका लागि निरन्तरता दिइने बताए । 

यो पनि