जेठ ०४, २०८१, शुक्रबार
               

बजेट परम्परागतभन्दा फरक हुन नसकेको ठहर

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको छ । 

संगठनले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएको हो । 

संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेट आंशिक रुपमा बजेट परम्परागत भन्दा फरक छैन ।’

यसका अलवा संगठनले विगतका सबै बजेट कार्यान्वयन भएको भए आजसम्म देशको कायापलट हुने बताएको छ । 

संगठनले कहिले महत्वाकांक्षी, कहिले कणप्रियताका लागि कनिका छरेजस्तै, कहिले न्यून आयस्रोतमा ठूलो बजेट त कहिले स्रोत भएर पनि खर्च गर्न नसक्ने बजेटको निरन्तरताको झल्को यसपालि पनि बजेटले देखाएको बताएको छ । 

हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बजेटमा लक्ष्य गरिजस्तो अहिलेको अवस्थामा वैदेशिक ऋण आउने अपेक्षा गर्न नसकिने भएकाले सरकारले दाबी गरेजस्तो स्रोत जुट्न गाह्रो छ ।’


कस्तो लाग्यो ?

यो पनि