जेठ ०४, २०८१, शुक्रबार
               

७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७–७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका छन् । यो बजेट कार्यान्वयनबाट मुलुकले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा राखेको छ ।

अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै ९ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्चतर्फ र ३ खर्ब रुपैयाँ विकासतर्फ विनियोजन गरेको बताए । बजेट अनुसार खर्च जुटाउन ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने, ६० अर्ब वैदेशिक अनुदान लिने, ५ खर्ब वैदेशिक ऋण उठाउने र नपुग हुने २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएर पूर्ति गर्ने अर्थ मन्त्री खतिवडाले बताए ।

उनले सुर्तीजन्य पदार्थ, मदिरालगायतको करको दर वृद्धि गरेका छन् । त्यस्तै यसपटक पेट्रोलियम पदार्थको मूल्य पनि वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले बजार भाउ बढ्नेछ । तर, आगामी आर्थिक वर्ष बढीमा ७ प्रतिशतको मूल्य वृद्धि हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति तयार गर्ने उनले बताए ।

कोरोना संक्रमणको महामारीकाबीच सरकारले लिएको लक्ष्य भेटाउन निक्कै कठिन हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि