जेठ ०४, २०८१, शुक्रबार
               

सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती भएको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फन्ट साइडमा खटिने कर्मचारीबाहेक अन्यकोे प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता साउन १ देखि खारेज हुने बताएका हुन् । 

तर, उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि भने थप प्रोत्साहनमूलक भत्ताको व्यवस्था गरिने बताए । 

त्यस्तै, उनले कर्मचारीको विदेश भ्रमण, इन्धन खर्च, कम प्राथमिकताका गोष्ठी सेमिनार, सवारी मर्मत खर्चमा उल्लेख्य कटौती गरिएको पनि उनले बताए ।

यो पनि