जेठ ०४, २०८१, शुक्रबार
               

साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने याेजना सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गर्ने बताएका हुन् । 

त्यसैगरी, उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको बताए । 

‘भर्चुअल कक्षा सञ्चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ,’ उनले भने, ‘यस्तै आगामी आर्थिक वर्षमा सरकारले एक हजार आठ सय विद्यालय भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ ।’

उनले एक/एक हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजामा सात अर्ब ५२ करोड विनियोजन गरेको छ । 

अर्थमन्त्री खतिवडाले यसबाट २८ लाख बालबालिका लाभान्वित हुने बताए । 

‘छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको छ,’उनले भने ।

त्यसैगरी, उनले १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई ससर्त अनुदान दिने बताए । 

यसका लागि एक अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, उनले गणित विज्ञानजस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि दुई अर्ब २३ करोड विनियोजन गरिएको बताए । 

यो पनि