सरकारले कर्मचारीलाई तलब भुक्तानीका लागि ५० अर्बको कोष खडा गरेको छ ।
साना, मझौला उद्योग र पर्यटनलगायतका उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सकिने गरी ५० अर्बको कोष खडा गरेको हो ।
यो कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण लिएर उद्योग प्रतिष्ठानले तलब भुक्तानी गर्न सक्ने भएका छन् ।