काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधिका लागि ६ अर्ब बजेट बिनियोजन गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।
साथै प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको विमाको व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।