जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना कोषमा गाउँपालिकाको ४३ लाख

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा ४३ लाख ७० हजार ९ सय ९४ जम्मा भएको छ । उक्त कोषमा गाउँपालिकाले रु ३० लाख र प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख जम्मा गरिएको छ भने बाँकी रकम सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त भएको हो ।

गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार कोषमा गाउँपालिकामा कार्यरत कर्मचारीबाट एक लाख १४ हजार ६ सय ४९, नेपाली का‌ग्रेस गाउँ समितिबाट रु एक लाख ४१ हजार १ सय ११, इलाका प्रहरी कार्यालयबाट रु ३९ हजार १ सय ७५ रुपैयाँ प्राप्त भएकाे छ । त्यस्तै मनकामना माई बहुउद्देश्यीय सहकारीबाट रु एक लाख एक हजार, आँबुखैरेनी बचत तथा ऋण सहकारीबाट रु ५० हजार ५ सय, नेकपा आँबुखैरेनीबाट रु एक लाख १७ हजार ७ सय १७, रामशाह माविबाट रु ७० हजार ९०, आँबुखैरेनी समाज काठमाडौ‌बाट रु ५० हजार पाँच सहयोग प्राप्त भएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि