जेठ ०४, २०८१, शुक्रबार
               

सेयर बजार १ बजेसम्म खुला भएको सेयर बजार आधा घण्टामा १६ अंकले घट्यो

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

लकडाउनका कारण ४९ दिन बन्द भएको सेयर बजार नेप्से खुला भएको ३० मिनेटमै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक १६‍.३५ अंकले घटेर १२३५.१० अंकमा पुगेको छ । सेयर सूचकको घट्ने क्रम भने जारी नै छ ।

खुलेको केही समयमै ओरालो लागेको सेयरमा अहिले सम्म ४९ कम्पनीको मात्र सेयर कारोबार भइरहेको छ । 

यसअघि लामो समयसम्म पूँजी बजार बन्द भएको भन्दै लगानीकर्ताले खोल्न दबाब दिएसँगै बोर्डले नेप्से, सीडीएससी,मर्चेन्ट बैंक लगायत सँग छलफल गरी २ घण्टा नेप्से खुला गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आज ११ बजेदेखि १ बजे सम्म नेप्से खुला रहने छ । 
 


कस्तो लाग्यो ?

यो पनि