जेठ ०८, २०८१, मंगलबार
               

अप्रिल महिनामै अमेरिकामा १४.७ प्रतिशतको राेजगारी गुम्यो

रासस
बैशाख २७, २०७७

ADVERTISEMENT

अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सिर्जना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापार बन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको थियो । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ ।

अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए। 

कोरोनाभाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ । 

अमेरिकामा पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि