जेठ ०८, २०८१, मंगलबार
               

ठूला पाँच योजनाको काम गर्न अनुमति

रासस
बैशाख २४, २०७७

ADVERTISEMENT

लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः सुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः सुरु गर्न प्रशासनले अनुमति दिएको हो ।

जिल्लाको दरभान– झिलिवाङ हुँदै ऐरावतीसम्म पुग्ने मोटरबाटोमा ६ किलोमिटर ग्राभेल गर्ने र बाँकी साधारण मार्ग खोल्ने योजनाको काम सुरु भएको छ । 

सात करोड  रुपैयाँ बराबरको बजेटमा आर्थिक वर्ष २०७३–०७४ मा सडक स्तरोन्नति योजना समयमै सम्पन्न हुन नसक्दा काम लम्बिएको हो । यो आयोजना आगामी असार मसान्तमा सम्पन्न हुने गरी काम अघि बढाइएको एडी बिल्डर्सका प्रतिनिधि इराजन घिमिरेले बताए ।

अहिलेसम्म करिब ८७ प्रतिशत काम सकिएको उनले बताए । ग्राभेलको काम सकिएको र करिब एक लाख ६० हजार घनमिटर माटो कटाइमध्ये ३० हजार घनमिटर मात्र काम बाँकी रहेको उहाँको भनाइ छ । सडकमा नाला, ग्याबिन भर्ने र  पर्खाल लगाउने काम सकिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि