जेठ ०४, २०८१, शुक्रबार
               

चालू आवमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने विभागको प्रक्षेपण

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत (स्थिर मूल्यमा) हुने प्रक्षेपण गरेको छ । 

विभागले चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकका आधारमा यस्तो अनुमान गरेको हो । 

गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको विभागले चालू वर्षमा आर्थिक वृद्धिदर ४.४८ प्रतिशत बिन्दुले कम हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

कुल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने विभागको प्रक्षेपण छ । 

यसमा कृषि तथा वन, मत्स्य र खानी उत्खनन् पर्दछन् । यसैगरी, द्वितीय क्षेत्रको कुलगार्हस्थ उत्पादनमा योगदान १३.७२ प्रतिशत छ । चालू वर्षमा यस क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान विभागले गरेको छ ।

विश्व बैंकले चालु आवमा २।८ प्रतिशतसम्म नेपालको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । 

यो पनि