जेठ ०५, २०८१, शनिबार
               

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्यानिटाइजर उत्पादनमा

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादनमा जुटेको छ । 

विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन सुरु गरेको हो । 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले हाल सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको बताए । 

‘विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन सुरु गरिएको हो,’ उनले भने, ‘यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको छ ।’

विश्वविद्यालयले हाल एक लाख लगानी गरेर स्यानिटाइजर उत्पादन गरिरहेको छ ।

विश्वविद्यालय व्यवस्थापन संकायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि संकायले उत्पादन गर्ने योजनाअनुसार थप कार्ययोजना बनाइ अघि बढेको उपकुलपति प्रा डा सिंहले बताए ।

शिक्षालाई सीपसँग जोड्ने र उक्त सीपलाई उत्पादनसँग जोड्ने अभियानमा आफूहरु जुटेको उनले बताए । उनले भने, ‘यसबाट हामी आर्थिक वृद्धि गर्ने गरी अघि बढ्ने योजनासमेत बनाएका छौँ ।’

आमनागरिकलाई त्रसित बनाइरहेको कोरोनाविरुद्ध लड्न स्यानिटाइजरमा आमनागरिकको सहज पहुँच अभाव देखिएकाले त्यही अभावलाई पूर्ति गर्न यसको उत्पादनमा लागेका उनले बताए । 

यो पनि