जेठ ०८, २०८१, मंगलबार
               

डोटीमा खाद्य बैंक स्थापना हुने

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोनाका कारण खाद्य संकट आउन सक्ने मध्यनजर गर्दै डोटीमा खाद्य बैंकको स्थापना हुने भएको छ । 

जिल्लामा खाद्यान्नको संकट आउन नदिनका लागि स्थानीय तहमा खाद्य बैंक स्थापना गर्न लागिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक निर्णयसँगै साे बैंक स्थापना हुन लागेको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकनारायण पौडेलले सबै स्थानीय तहले कोरोनाको कहरका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्षित गरी यहाँका नौवटै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय भएको उनले बताए । 

‘हामी कोरोनाको कहरसँग दिनहुँ लडिरहेका छौँ, कोरोनासहित अन्य विपद्बाट बच्नका लागि सबै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय गरेका छौँ, सोही निर्णयानुसार सबैले खाद्य बैंक स्थापना गर्नेछन् ।’

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चितकालीन रहेकाले खाद्यान्न अभाव हुन सक्ने अनुमान गरी स्थानीय तहले अस्थायी खाद्यान्न बैंक स्थापना गर्ने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए । 

‘वर्षाद्को समय पनि सुरु भएको र जिल्लामा खाद्यान्न अभाव हुन सक्ने भएकाले सबै स्थानीय तहले अस्थायी रुपमा भए पनि खाद्य बैंक स्थापना गर्ने निर्णय भएको छ ।’

त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पौडेलले खाद्य बैंक स्थापनाका लागि स्थानीय तहको विपद् व्यवस्थापन कोषबाट केही रकम खाद्यान्न खरिदका लागि व्यवस्थापन गर्न सकिने बताए ।

खाद्य बैंकमा खाद्य मौज्दात गर्दा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने निर्णय उनले बताए । डोटीमा हाल तराईका जिल्लाबाट मकै, कोदो, आलु, फापर र जौ बढी उत्पादन हुने खाद्य पदार्थ हुन् भने चामल, दाल र तेल आयात हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि