जेठ ०८, २०८१, मंगलबार
               

अनुमति लिएर वैदेशिक रोजगारमा जान नपाएकालाई राष्ट्र बैंकले ऋण दिने

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अनुमति लिएर पनि वैदेशिक रोजगारमा जान नपाएकाहरुलाई राष्ट्र बैंकले ऋण दिने जनाएको छ । 

कोरोनाका कारण विदेश जानबाट रोकिएकाहरुले सहुलियतपूर्ण कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा निवेदन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाएको हो ।

तर, यस्तो निवेदन कोरोना भाइरसको संकक्रमण सकिएपछि मात्र दिनुपर्ने  जनाइएको छ । 

यस्तै, राष्ट्र बैंकले कोभिड–१९ को फैलिँदो संक्रमणको असहज परिस्थितिबाट पर्यटन, उद्योग, व्यापार, व्यवसायलगायत क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्दै आर्थिक गतिशीलता बढाउन राष्ट्र बैंकमा रहेको ५० अर्बको पुनर्कर्जा कोषलाई .६० अर्ब रुपैयाँको बनाउने व्यवस्था गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि